close

आज पनि देशैभर पानी पर्ने, बबई र पश्चिम राप्ती नदीले नाघ्यो खतरा तह

आज पनि देशैभर पानी पर्ने, बबई र पश्चिम राप्ती नदीले नाघ्यो खतरा तह

Trulli
ADVERTISEMENT

काठमाडौं । आज पनि देशभर नै पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । अहिले बागमती प्रदेशको चितवनमा धेरै पानी परिरहेको छ । यस्तै, गण्डकी र लुम्बिनी प्रदेशमा पनि ठूलो वर्षाको सम्भावना छ ।

आज दिउँसो कर्णाली र सुदूरपश्चिम प्रदेशमा पनि ठूलो वर्षाको अनुमान गरिएको छ । अन्य ठाउँमा भने हल्कादेखि मध्यम वर्षाको अनुमान छ  । चितवन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम कपिलबस्तु, रूपन्देही, पाल्पा, गुल्मी, प्यूठान, अर्घाखाँची र दाङमा ठूलो वर्षा भएको छ । वर्षा भइरहेका ठाउँका खोला नाला तथा नदीमा बाढीको जोखिम उच्च रहेकाले सतर्कता अपनाउन आग्रह गरिएको छ । खोला तरेर दशैँको टीका लगाउन ओहोरदोहोर गर्दा विशेष सतर्क हुन आग्रह गरिएको छ ।

त्यस्तै,  लगातारको वर्षाले बबई तथा पश्चिम राप्ती नदीमा जलस्तर खतराको तहमाथि पुगेको छ । बबई नदीमा जलस्तर बिहान साढे ६ बजे ६.८१ मिटरमाथि बगिरहेको बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । बबई नदीको तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन जिल्ला प्रशासन कार्यालय बर्दियाले आग्रह गरेको छ । 

यता पश्चिम राप्तीमा ६.४८ मिटरमाथि पानी बगिरहेको छ । नारायणी नदीले देवघाटमा आज बिहान सतर्कता पार गरेको छ । जलसतह थप बढ्न सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ  ।

आज बेलुकासम्म नै तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन अनुरोध गरिएको छ ।