close

सन्दीप लामिछाने आज नेपाल आउने

सन्दीप लामिछाने आज नेपाल आउने

Trulli
ADVERTISEMENT

काठमाडौं । बलात्कार आरोप लागेका नेपाली क्रिकेट टोलीका पूर्वकप्तान सन्दीप लामिछानेले आज नेपाल फर्किने बताएका छन् । उनले गत शनिबार सामाजिक सञ्जालमा एक विज्ञप्ति जारी गर्दै आफू कानुनी लडाइ लड्न आज नेपाल आइपुग्ने बताएका थिए । 

उनले आफूलाई लागेको झुटा आरोपसँग कानुनी प्रक्रियाबाट अगाडि बढ्न नेपाल फर्किएर आत्मसमर्पण गर्न लागेको बताएका छन्। उनले आफू निर्दोष भएकोले कानुनले निस्पक्ष न्याय दिने कुरामा विश्वास भएको बताएका छन्।   

उनले आफू बिहान १० बजे त्रिभूवन अन्तर्राष्ट्रिय विमास्थलमा अवतरण हुने र प्रहरी समक्ष आत्मसमर्पण गर्ने बताएका छन् । उनी कतार एअरवेजको विमान मार्फत नेपाल आउन लागेका हुन् । । सन्दीपलाई नेपाल क्रिकेट संघ (क्यान)ले राष्ट्रिय टोलीबाट निलम्बन गरिसकेको छ । 

यस्तै, उनले आफूलाई विमानस्थलबाट प्रहरी कार्यालय लैजाँदा विना हथकडी लैजान पनि आग्रह गरेका छन् । सन्दीपले आफू निर्दोष रहेको र न्याय पाउनेमा विश्वास भएको पनि जनाएका छन् ।