close

बारामा बस दुर्घटना हुँदा १४ को मृत्यु, २० जना घाइते

बारामा बस दुर्घटना हुँदा १४ को मृत्यु, २० जना घाइते

Trulli
ADVERTISEMENT

काठमाडौं । बारामा आज बिहान बस दुर्घटना हुँदा कम्तीमा १४ जनाको मृत्यु भएको छ । अन्य २० जना घाइते भएका छन् । 

नारायणघाटबाट पथलैया हुँदै वीरगन्ज जाँदै गरेको बा०६-००१ ख-०११० नम्बरको बस अमलेखगन्जमा दुर्घटना भएको जिल्ला प्रहरी बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले पालिका खबरलाई जानकारी दिए । 

मृत्यु हुनेमा ५ ५ महिला र ९ पुरुष गरी जना छन् भने उनीहरूको सनाखत हुन बाँकी छ । घाइतेहरुको चुरेहिल, हेटौंडा, सहकारी अस्पताल र सन्चो अस्पतालमा उपचार भइरहेको भने ५ जनालाई थप उपचारका लागि चितवन रेफर गरिएको छ  ।

चिप्लो बाटो र घुम्तीका कारण दुर्घटना भएको हुनसक्ने अनुमान गरिए पनि कारण खुलिसकेको छैन। बस सडकबाट चिप्लिएर १०० मिटर खसेको प्रहरीले जनाएको छ ।