close

करेन्ट लागेर दुईजनाको मृत्यु, दुईजना घाइते

करेन्ट लागेर दुईजनाको मृत्यु, दुईजना घाइते

Trulli
ADVERTISEMENT

धनुषा । करेन्ट लागेर जनकपुरधाममा दाजुभाइको मृत्यु भएको छ भने आमाछोरा घाइते भएका छन् ।

आफ्नै घरमा पानी तान्ने मोटरमा तार जडान गर्ने क्रममा करेन्ट लागेर जनकपुरधाम उपमहानगरपालिका–२३ का ६० वर्षीय दिनेश चौधरी र उनका ५४ वर्षीय भाइ रामेश्वर चौधरीको मृत्यु भएको हो । 

करेन्ट लागेर दिनेशकी श्रीमती निर्मलादेवी र छोरा मुकेश घाइते भएका छन् । आमा–छोराको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।