close

अल्पमतका कारण राम्रो काम गर्नसमेत चोरबाटो !

अल्पमतका कारण राम्रो काम गर्नसमेत चोरबाटो !

Trulli
ADVERTISEMENT

मोरङ । रंगेली नगरपालिकाका नगरप्रमुख दीलिपकुमार अग्रवालले पालिका सभामा अल्पमतमा हुँदा राम्रो कामका लागि पनि चोर बाटो अपनाउनुपर्ने बताएका छन् । 

दोस्रो कार्यकालका लागि नगरप्रमुखमा निर्वाचित भएका अग्रवालले पालिका खबरसँगको कुराकानीका क्रममा यस्तो बताएका हुन् । 

‘बहुमत र अल्पमतबाट निर्वाचितहुँदाकामगर्ने शैलीमा फरक आउँछ । अल्पमतबाट निर्वाचितहुँदा राम्रो कामका लागि पनि चोर बाटो अपनाउनुपर्ने हुन्छ । बहुमत हुँदा चोर बाटो अपनाउनु पर्ने छैन ।’ 

तर, बहुमत हुँदा जनतामाझ बाहनाबाजी गर्न नपाइने उनको भनाइ छ ।  पालिकाको विकासका लागि संघबाट हुनुपर्ने आवश्यक सहयोग हुननसकेको बताए । 

‘यो बेला सोचे अनुसार हामीलाई सहयोग गर्नुभएन । पहुँचवाला र आसेपासेका स्थानीयतहलाई मात्रै संघ र प्रदेश सहयोग गर्दो रहेछ । पैरवीको आधारमा पनि परेका होलान् ।' उनले भने ।