close

ढोरपाटनमा बेपत्ता भएका ११ जनाको खोजी कार्य जारी

ढोरपाटनमा बेपत्ता भएका ११ जनाको खोजी कार्य जारी

Trulli
ADVERTISEMENT

काठमाडौं । अन्नपूर्ण, धौलागिरि र मनास्लुलगायत हिमाली क्षेत्रमा भारी वर्षाका कारण पदमार्गमा पहिरो जाँदा कम्तीमा ७०० स्वदेशी तथा विदेशी पर्यटक अलपत्र परेका छन् ।

ट्रेकिङ्ग एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) का अनुसार, जोमसोम, धौलागिरि, मनास्लु र अन्नपुर्ण क्षेत्र पदयात्रामा गएका कम्तीमा ७ सय जना विदेशी तथा नेपाली वर्षाका कारण सडक तथा पदमार्गमा पहिरो जाँदा अलपत्र परेका हुन् । 

यता, लुक्ला र खुम्बु क्षेत्र जाने २ हजार पर्यटक तथा नेपाली गाइड रामेछापमा अलपत्र परेको बताइएको छ । तीमध्ये आइतबार कम्तीमा ३ सय जना काठमाडौं फर्किएका छन् । यसैबीच मनास्लुबाट आइतबार कम्तीमा १२० जना हेलिकप्टरले उद्धार गरेर काठमाडौं ल्याइदिएको टानले जनाएको छ । 

साथै ढोरपाटनमा ४ जना नेदरल्यान्डका नागरिक र ७ जना नेपाली हराइरहेको बताइएको छ । उनीहरूको खोजी कार्य जारी रहेको बताइएको छ ।