close

मलामी गएका १३ जना बेपत्ता

मलामी गएका १३ जना बेपत्ता

Trulli
ADVERTISEMENT

कालीकोट । आइतबार मलामी गएका तिलागुफा नगरपालिका-४ राँचुली गाउँका १३ जना सम्पर्कविहीन भएका छन् । 

तिला नदी किनारमा लास जलाउँदा जलाउँदै पहिरो झरेपछि मलामी गएकाहरूको भागाभाग भएको र कोही पनि सम्पर्कमा नआएको प्रहरीले जनाएको छ । 

राँचुलीका कालिबहादुर शाही, धनबहादुर शाही, क्षेत्रजंग शाही,खगेन्द्र शाही, भेषबहादुर शाही, धन शाही, अलि शाही, खेमराज शाही, भक्तबहादुर शाही, मोतिलाल शाही, परबहादुर शाही, नरेश शाही र प्रशान्त शाही सम्पर्कविहीन भएको प्रहरीले जानकारी दिएको छ।