close

करेन्ट लागेर वीरगञ्जमा दुई जनाको मृत्यु

करेन्ट लागेर वीरगञ्जमा दुई जनाको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । वीरगञ्जमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ । 

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक दीपक गिरीका अनुसार धोविनी गाउँपालिका - हरिहरपुर बस्ने ३० वर्षीय सैफुल्लाह अन्सारी र वीरगञ्ज महानगरपालिका–९ रानिघाट बस्ने ६० वर्षीय ध्रुव प्रसाद साहको करेन्ट लागेर मृत्यु भएको हो । 

सोमबार साँझ साढे ६ बजे वीरगञ्ज–२६ बस्ने रामकिशोर प्रसाद कुर्मीको घरमा प्लास्टर गर्ने सैफुल्लालाई करेन्ट लागेको थियो । प्लाष्टर गर्ने क्रममा विद्युतको नांगो तारमा अचानक उनले छुन पुगेका थिए ।

सोमबार दिउँसो १२ः२५ बजे वीरगञ्ज–८ स्थित शत्रुधन सर्राफको घरको छाना सफा गर्ने क्रममा ज्यालादारीमा काम गर्ने ध्रुवलाई करेन्ट लागेको थियो ।