close

४ हजार ११६ परिवारलाई १५ हजारका दरले सहायता

४ हजार ११६ परिवारलाई १५ हजारका दरले सहायता

Trulli
ADVERTISEMENT

कैलाली । टिकापुर र जानकीमा विपद् पूर्वानुमानमा आधारित बाढी पूर्वतयारी कार्यक्रमअन्तर्गत विश्व खाद्य कार्यक्रमले बाढीको जोखिममा रहेका परिवारलाई नगद सहायता गरेको छ । 

पूर्वानुमानमा आधारित सूचनाअनुसार गत वर्षको बाढीपछि सङ्कलन भएको तथ्याङ्कका आधारमा प्रभावित क्षेत्रका नागरिकलाई प्रतिपरिवार १५ हजारका दरले नगद सहायता गरिएको छ ।

विश्व खाद्य कार्यक्रमअन्तर्गत टीकापुरका दुई हजार ९१६ र जानकीका एक हजार २०० परिवारलाई प्रतिपरिवार १५ हजारका दरले वितरण भइरहेको नेपाल रेडक्रस कैलालीका हेमराज उप्रेतीले जानकारी दिए । 

जानकी गाउँपालिकाका अध्यक्ष गणेश चौधरी नगद सहायता बाढीकै समयमा दिँदा र पछि दिँदाको प्रभावबारे जानकारी पाउन र विपद्मा परेकालाई सहयोग हुने भएकाले गत वर्षको तथ्याङ्कानुसार नगद पाइरहेका बताए । 

टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मङ्गलबहादुर शाहीले यहाँ कर्णाली मुख्य समस्या भएको बताउछन् । टीकापुरका नगरप्रमुख रामलाल डगौरा थारूले विभिन्न ठाउँमा डुबान भएकाले तथ्याङ्क लिने काम भइरहेकाले सबैको सल्लाह लिएर जोखिमअनुसार राहत दिने, समस्यामा परेकालाई उद्धार गर्ने गरी सहकार्य गर्न सङ्घसंस्थालाई आग्रह गरे । 

उता भजनी नगरपालिकामा भने बाढीले हजारौँ प्रभावित भएका छन् । सयौँ परिवार एक सातादेखि सडक तथा खुला ठाउँमा बसिरहेका छन् । भजनीमा भने बाढी प्रभावितको अवस्था कष्टकर छ ।