close

ग्याँस बुलेट दुर्घटना हुँदा एकको मृत्यु, एकजना घाइते

ग्याँस बुलेट दुर्घटना हुँदा एकको मृत्यु, एकजना घाइते

Trulli
ADVERTISEMENT

नवलपरासी । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व)को नवलपुरमा सवारी दुर्घटनामा परी एक जनाको ज्यान गएको छ । दुर्घटनामा परी एक घाइते भएका छन् । 

गएराति विनयीत्रिवेणी गाउँपालिका–२ ज्यामिरेमा भारतबाट ग्याँस बोकेर काठमाडौंका लागि छुटेको  एनएलओएल–२४६० नंको ग्याँस बुलेट आफैं अनियन्त्रित भएर दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी सन्तोष पाठकका अनुसरा उक्त दुर्घटनामा परी सहचालक भारत उत्तर प्रदेश निवासी १८ वर्षीय जयनारायण पालको मृत्यु भएको हो । 

अनियन्त्रित भएर पल्टिएको ग्याँस बुलेटमा च्यापिएर उनको मृत्यु भएको हो । यस्तै चालक सोही ठाउँ निवासी ४२ वर्षीय अजयकुमार सिंह घाइते भएका छन् । उनको दुम्कीबासमा उपचार भइरहेको छ ।