close

दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु

दुर्घटना हुँदा मोटरसाइकल चालकको मृत्यु

Trulli
ADVERTISEMENT

झापा ।  पूर्व-पश्चिम राजमार्गअन्तर्गत झापाको शिवसताक्षीमा शनिबार साँझ भ्यानको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको को२च १४९५ नंको भ्यानको ठक्करबाट मे६प १३९२ नंको मोटरसाइकलमा सवार झापा, शिवसताक्षी नगरपालिका–९ बस्ने दिप्सन राईको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाले जनाएको छ।

ठक्करबाट गम्भीर घाइते राईको विर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो। प्रहरीले दुर्घटनामा संलग्न भ्यान र चालकलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जनाएको छ।