close

ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

ताप्लेजुङमा ट्याक्टर दुर्घटना हुँदा ४ जनाको मृत्यु

Trulli
ADVERTISEMENT

ताप्लेजुङ । मैवाखोला गाउँपालिका–४ स्थित याम्फेवा खोला नजिक गए राति ट्याक्टर दुर्घटनामा परी चार जनाको निधन भएको छ । 

५५५६ नम्बरको ट्याक्टर दुर्घटनामा हुँदा मैवाखोला-५ काम्सङ बस्ने वर्ष ३१ का ट्याक्टर चालक पासाङ शेर्पा, वर्ष २४ को फुर्वा शेर्पा, मैवाखोला–४ ओदक बस्ने एकाघरका वर्ष २२ को शर्मिला शेर्पा र वर्ष १७ को लाकी शेर्पाको निधन भएको मैवाखोला गाउँपालिका अध्यक्ष विजयप्रकाश वनेमले जानकारी दिए । उनका अनुसार उनीहरू सबैको घटनास्थलमा नै निधन भएको हो । ट्याक्टर सडकबाट करिब २०० मिटरमुनि झरेको बताइएको छ । 

अध्यक्ष वनेमका अनुसार ट्याक्टर चालक पासाङ र उनका भाइ फुर्वा घरमा आफन्त बिरामी परेकाले तेल्लाबुङस्थित विद्युत् सवस्टेशनबाट काम्साङ जाने क्रममा रहेका थिए भने अन्य दुई जना समेत घरतर्फ फर्किने क्रममा ट्याक्टरमा सवार थिए ।