काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको सामान्य प्रभाव छ।
हाल देशको पहाडी भू-भागमा आंशिक बदली देखि सामान्यता सफा रही बाँकी भू-भागमा मौसम सामान्यता सफा रहेको छ।
देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। गण्डकी र लुम्बिनी प्रदेशका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।