close

सन्दीपविरुद्धको मुद्दामा आजदेखि बहस

सन्दीपविरुद्धको मुद्दामा आजदेखि बहस

Trulli
ADVERTISEMENT

काठाडौं । नेपाल क्रिकेट टिमका पूर्वकप्तान सन्दीप लामिछानेविरुद्धको मुद्दामा आजदेखि थुनछेक बहस सुरु हुँदैछ । 

सन्दीपविरुद्ध सोमबार जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर भएको थियो । काठमाडौं जिल्ला सरकारी वकिलको कार्यालयका जिल्ला न्यायाधिवक्ता लक्ष्मण उपाध्यायका अनुसार आजदेखि प्रतिवादीको बयान लिने काम सुरु हुने र त्यो सकिएलगत्तै थुनछेक बहस हुनेछ । 

प्रहरीको अनुसन्धान प्रतिवेदनको आधारमा सरकारी वकिलको कार्यालयले सन्दीपलाई १० देखि १२ वर्षसम्म कैद सजाय र पीडितलाई क्षतिपूर्ति माग दाबी गर्दै मुद्दा दायर गरेको छ । 
गत भदौ ५ गते राति सन्दीपले काठमाडौंको सिनामंगलस्थित एक होटलमा लगेर बलात्कार गरेको भन्दै १७ वर्षीया नाबालिगले सन्दिपविरुद्ध उजुरी दिएकी छन् ।