गुल्मी । रेसुङ्गा नगरपालिकाले आगामी कातिक १८ गते सार्वजनिक विदा दिएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै हरिबोधिनी एकादशीको अवसरमा सार्वजनिक विदा दिएको हो ।
सूचना अनुसार सो दिनमा पालिकाभित्रको रेसुङ्गा पोखरीमा मेला लाग्ने भएकोले सार्वजनिक विदा दिएको हो ।
नगरपालिकाको कार्यपालिकाको निर्णयअनुसार सबै वडा कार्यालय, विद्यालय तथा स्वास्थ्य संस्थाहरूसमेत बन्द हुने सूचनामा उल्लेख छ ।