close

धनगढी उपमहानगरमा चल्यो डोजर

धनगढी उपमहानगरमा चल्यो डोजर

Trulli
फाइल
ADVERTISEMENT

कैलाली । धनगढी उपमहानगरपालिकाले मापदण्डविपरीत बनेका संरचना हटाउन सुरु गरेको छ । बुधबारदेखि धनगढी-१ कैलाली पुलदेखि धनगढी-८ क्याम्पस चोक सडक छेउसम्मका संरचना हटाउन डोजर चलाएको हो ।

यसअघि भदौ १३ मा उपमहानगरपालिकाले सडक छेउका संरचना हटाउन पत्राचार गरेको थियो । सडकको विस्तृत योजना प्रतिवेदन (डीपीआर) तयार भइरहेको र सडकको दायाँ–बायाँ १५ मिटर सडक अधिकार क्षेत्रभित्र पर्ने भवन हटाउन घर धनीलाई पत्राचार गरेको थियो ।


तर घरधनीहरूले त्यसको बेवास्ता गरेपछि उपमहानगरपालिकाले डोजर चलाएको हो । बुधबारदेखि सुरु भएको अभियानलाई निरन्तरता दिने नगरपालिकाले जनाएको छ । यसअघि काठमाडौं, पोखरा महानगरपालिका र हेटौंडा उपमहानगरपालिकाले पनि अवैध संरचनामा डोजर चलाएको थियो ।