close

विराटनगर महानगरमा एक जनाको मृत्यु

विराटनगर महानगरमा एक जनाको मृत्यु

Trulli
ADVERTISEMENT

काठमाडौं । विराटनगर  महानगरमा एक जनाको मृत्यु भएको छ । रामजानकी कोल्ड स्टोरमा ग्यास लिक हुँदा निसास्सिएर कोल्ड स्टोरका कामदार विराटनगर–५ का ५४ वर्षीय रौदी चौधरीको मृत्यु भएको हो । 

चौधरी कोल्ड स्टोरका मिस्त्री हुन् ।

स्थानीयका अनुसार चौधरी कोल्ड स्टोरभित्र काम गरिरहेका थिए । त्यही बेला अचानक ग्यास लिक भएको हो । प्रहरीका अनुसार बाहिर निस्कन नपाउँदै चौधरी बेहोस भएर त्यहीँ ढलेका थिए ।