close

कोहलपुरबाट १३ बर्षीय बालक वेपत्ता

कोहलपुरबाट १३ बर्षीय बालक वेपत्ता

Trulli
ADVERTISEMENT

नेपालगन्ज  । कोहलपुरबाट १३ बर्षीय बालक हराएका छन् । बैजनाथ गाँउपालिका–१ का सुहान रेगामी मगर कोहलपुरबाट हराएका हुन् ।

गत बुधबार बिहान ८ बजे घरबाट हिँडेका सुहान बिहीबार बिहान १० बजेसम्म पनि घर नफर्केपछि सोहि दिन साँझ प्रहरीमा उजुरी दिएको उनका दाजु सुरज रेगामी मगरले जानकारी दिए ।

८ कक्षामा अध्यन गरिरहेका सुहानले घरबाट निस्कँदा चेक सर्ट, कालो पाईन्ट र सेतो रंगको जुत्ता लगाएर निस्केका थिए ।

सामाजिक सन्जाल मार्फत कसैले षडयन्त्र पुर्वक फसाएको हुनसक्ने परिवारले आशंका गरेको छ । कसैले उनलाई देखेमा ९८६८०७५५२७, ९८१६५१५३६७ मा संपर्क गर्न परिवाले अनुरोध गरेको छ ।

घटना बारे अनुसन्धान भैरहेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ ।