close

देवदहमा दम्पती नै मृत

Trulli
ADVERTISEMENT

काठमाडौं । रुपन्देहीको देवदह नगरपालिका-५को पाल्पाली टोलमा एक दम्पती आफ्नै घरमा मृत फेला परेका छन् । सोमबार बिहान श्रीमान श्रीमतीको मृत अवस्थामा फेला परेको  प्रहरीले जनाएको छ । 

घरभित्र चुकुल लागेको अवस्थामा ३६ वर्षीय बोलिन्द्र जोल्मी मगर र उनकी श्रीमती ३२ वर्षीया हेमकला जोल्मी मगर मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

श्रीमान् वैदेशिक रोजगारीबाट छुट्टीमा घर आएका थिए । उनले श्रीमतीको हत्या गरेर आफूले आत्महत्या गरेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।