close

जेष्ठ नागरिकलाई सम्मान गर्दै ढोरपाटन

जेष्ठ नागरिकलाई सम्मान गर्दै ढोरपाटन

Trulli
ADVERTISEMENT

बागलुङ । ढोरपाटन नगरपालिकाले जेष्ठ नागरिकलाई सम्मान गर्ने भएको छ । नगरपालिकाले दलितसँग उपप्रमुख कार्यक्रम अन्तर्गत जेष्ठ नागरिकलाई सम्मान गर्न लागेको हो । 

नगरपालिकाको अनुसार चालू आर्थिक वर्षमा स्वीकृत कार्यक्रम अनुरुप ७५ वर्ष वा सोभन्दा माथिका दलित जेष्ठ नागरिकलाई सम्मान गर्न लागेको हो । नगरपालिकाले जेठ २७ गते शनिबार सम्मान गर्ने जनाएको छ । 

कार्यक्रममा सहभागी हुन स्थानीय जेष्ठ नागरिकलाई अनुरोध गरेको छ । नागरिकताको प्रतिलिपि वा जेष्ठ नागरिकको प्रतिलिपि वा मतदाता नामावलीको प्रतिलिपि वा जन्ममिति खुलेको कागजातसहित कार्यक्रमा उपस्थित हुन सक्ने नगरपालिकाले जनाएको छ ।