close

३६ वटा आमा समूहलाई त्रिपाल

३६ वटा आमा समूहलाई त्रिपाल

Trulli
ADVERTISEMENT

महोत्तरी - मटिहानी नगरपालिकाले आमा समूहलाई त्रिपाल वितरण र चियापानको व्यवस्था गर्ने भएको छ । आमा समूहको बैठकलाई निरन्तरता दिनको लागि नगरपालिकाले सो व्यवस्था गर्न लागेको हो । 

नगरपालिकाको जनस्वास्थ्य अधिकृत पवनकुमार मण्डलका अनुसार आमा समूहलाई सक्रिया बनाउनका लागि सो व्यवस्था गर्न लागेको हो । समूहमा शिक्षा, स्वास्थ्य, सेवामूलकबारे जानकारी दिन सक्ने भएकोले सो व्यवस्था गर्न लागेको हो । 

उनका अनुसार नगरपालिकाभित्र ३६ वटा आमा समूह सञ्चालनमा छन् । समूहमा महिला स्वयम्सेविकाले विभिन्न जानकारी दिने उनले पालिकाखबरलाई सुनाए । 

महिला स्वयम् सेविकाले सरकारले दिने यातायात खर्चमा एक हजार थप गरी दुई हजार प्रोत्साहन भत्ता वितरण गर्दै आएको उनले बताए ।