close

आज संविधान दिवस : स्थानीय तहले यसरी मनाउँदै

आज संविधान दिवस : स्थानीय तहले यसरी मनाउँदै

Trulli
ADVERTISEMENT

 काठमाडौं- संविधान दिवस, २०८० आज देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । आज बिहान टुँडिखेलमा आयोजना हुने संविधान दिवससम्बन्धी कार्यक्रममा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुनेछन् । 

देशभरका सरकारी तथा निजी कार्यालय, विदेशस्थित कूटनीतिक नियोग, राजनीतिक दल, नागरिक समाज, सङ्घसंस्थालगायतले विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाउँदैछन् ।

यता स्थानीय तहले पनि आज  साँझ दीप प्रज्वलन गर्ने र दिउँसो स्थानीय तहभित्रका सबै सरकारी तथा सार्वजनिक निकायका कार्यालयसँगै शैक्षिक संस्थाहरूले कार्यालय र परिसर सरसफाइ गरेर मनाउँदैछन् ।