close

ललितपुर महानगरले जावलाखेलमा स्मार्ट शौचालय बनाउँदै

ललितपुर महानगरले जावलाखेलमा स्मार्ट शौचालय बनाउँदै

Trulli
ADVERTISEMENT

ललितपुर- ललितपुर महानगरपालिकाले जावलाखेलमा स्मार्ट सार्वजनिक शौचालय निर्माणमा लागि एरोसान सस्टेनेबल स्यानिटेसन प्रालिसँग सम्झौता गरेको छ । 

महानगरपालिकाका सूचना अधिकारी देवप्रसाद गुरागाईका अनुसार जावालाखेलस्थित चिडियाघरको उत्तरपश्चिम तर्फको भागमा शौचालय निर्माण हुन थालेको हो । जुन ललितपुर महानगरपालिकाको वडा नम्बर-४ मा पर्छ । 

एरोसानसँगको सम्झौताअनुसार महानगरपालिकाले जग्गा व्यवस्थापन गर्नेछ भने एरोसानले २ महिनाभित्र उक्त गुणस्तरको शौचालय निर्माण गर्नेछ । समझदारी पत्रमा महानगरप्रमुख चिरिबाबु महर्जन र एरोसानका अध्यक्ष प्रत्युषचन्द्र अमात्यले हस्ताक्षर गरे ।