close

भाइरल ज्वरोबाट २ जनाको मृत्यु, ज्वरोबाट ४ गाउँ प्रभावित

भाइरल ज्वरोबाट २ जनाको मृत्यु, ज्वरोबाट ४ गाउँ प्रभावित

Trulli
ADVERTISEMENT

बाजुरा- खप्तड छेडेदह गाउँपालिका–२ माँटेसागुमा भाइरल ज्वरोका कारण २ जनाको मृत्यु भएको छ । वडाको माटेसागु, गांग्रा, तिखारा र बन्दे गाउँ गरी पूरै वडामा भाइरल ज्वरो फैलिएको वडाध्यक्ष भक्त बहादुर बुढाले पालिकाखबरलाआ बताए । 

भाइरल ज्वरोका कारण माँटेसागुका ४९ वर्षीया सौरादेबी बुढा र ६२ वर्षीय कुलबहादुर शाहीको मृत्यु भएको हो । बुढाको चार दिन पहिला र शाहीको असोज ७ गते राति मृत्यु भएको वडाध्यक्ष बुढाको भनाइ छ । 

भाइरल ज्वरोले पुरै ४ गाउँनै प्रभावित रहेको वडाध्यक्ष बुढाले बताएका । कुनै घरका सबै सदस्य बिरामी परेका छन् । एक/दुई जना त सबै घरमा बिरामी परेको, भाइरल ज्वरो फैलिएको एक हप्ता भइसकेको उनको भनाइ छ । 

१०२ डिग्रिमाथि ज्वरो आउने गरेको, खोकी लाग्ने, स्वास फुल्ने जस्ता लक्षण देखापरेको स्थानीय बताउछन् । भाइल ज्वरोबाट ज्येष्ठ नागरिक, बालबालिका र दीर्घरोगी सबै भन्दा बढी प्रभावित भएका छन् ।

वडाध्यक्ष बुढाका अनुसार गाउँपालिकाबाट ५ जना स्वास्थ्यकर्मीको टोली आएर परीक्षणसँगै उपचार थालेका छन् । चितित्सकसहितको टोली आएर उपचार थालेका उनको भनाइ छ ।