close

गाउँपालिकामा खै त युवा : ५८ प्रतिशत जनसंख्या बालबालिका र बुढाबुढी

गाउँपालिकामा खै त युवा : ५८ प्रतिशत जनसंख्या बालबालिका र बुढाबुढी

Trulli
ADVERTISEMENT

मुस्ताङ- वारागुङ मुक्तिक्षेत्र गाउँपालिकाका युवा रोजगारीका लागि बाहिर जाँदा पालिकाभित्र युवा भेटाउनै मुस्किल भएको छ । गाउँपालिकाको तथ्यांक हेर्ने हो भने आधाभन्दा बढी जनसंख्या विद्यालय उमेरका बालबालिका र वृद्धवृद्धा छन् । 

पालिकामा उर्जाशील युवा नहुँदा सामाजिक सुरक्षा भत्ता लिने र विद्यालय उमेरका बालबालिकाकाे जनसंख्याले आधाभन्दा बढी हिस्सा ओगटेकाे छ । गाउँपालिकाको तथ्यांकअनुसार विद्यालय उमेरका बालबालिका ६७५ जना छन् । यो पालिकाभर २ मावि र एक धार्मिकसहित ५ वटा विद्यालयमा पढ्ने विद्यार्थीको संख्या हो । 

त्यस्तै, गाउँपालिकाको पञ्जीकरण तथा सामाजिक सुरक्षा शाखाकी फिल्ड सहायक सुजा विककाअनुसार गाउँपालिकामा सामाजिक सुरक्षाभत्ता लिने वृद्धवृद्धाका संख्या ज्येष्ठ नागरिक एकल र ज्येष्ठ नागरिक दलितसहित ३९९ जना वृद्धवृद्धा छन् । पालिकामा एकल महिला र पूर्ण अपांगतासहित पालिकाभर सामाजिक सुरक्षभत्ताबाट लाभाम्वितको संख्या ४९१ जना रहेका फिल्ड सहायक विकले पालिकाखबरलाई बताइन् । 

राष्ट्रिय पञ्जीकरण कार्यालयको पछिल्लो तथ्यांकअनुसार वारागुङ मुक्तिक्षेत्र गाउँमालिकाको जनसंख्या २ जहार ३६ जना रहेको छ । यसरी हेर्दा गाउँपालिकामा ५७.२७ प्रतिशत बालबालिका र वृद्धवृद्धा छन् ।