close

पुर्चौडी नगरपालिकामा ४०३ बेरोजगारीलाई रोजगार

पुर्चौडी नगरपालिकामा ४०३ बेरोजगारीलाई रोजगार

Trulli
ADVERTISEMENT

बैतडी– पुर्चौडी नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रम अन्तर्गत गत आर्थिक वर्षमा ४०३ जनालाई रोजगार दिएको थियो ।  सूचिकृत बेरोजगार संख्या पाँच हजार ४६९ जना मध्ये ४०३ जनालाई रोजगार दिएको हो । 

नगरपालिकाले संघीय सशर्तअनुदान अन्तर्गत ४०३ जनालाई रोजगार दिइएको पुर्चौडीका रोजगार संयोजक हरिस धामीले पालिकाखबरलाई जानकारी दिए । स्थानीय तहबाट भौतिक पूर्वाधार निर्माण, पीसीसी बाटो निर्माण, सामुदायिक भवन निर्माण, क्लिनिक निर्माण, खानेपानी निर्माण, सिँचाइको नहर निर्माणलगायत कार्यक्रम सञ्चालन गरेको संयोजक धामीले जानकारी दिए ।

संयोजक धामीका अनुसार चालू आर्थिक वर्ष २०८०/८१ मा सूचिकृत बेरोजगारको संख्या ६ हजार २४९ जना रहेका छन् । संघीय सरकारबाट सशर्त अनुदान ज्याला रकम भनेर ६३ लाखमात्रै बजेट विनियोजन गरेको छ । यही सशर्त अनुदानबाट ४० जनालाई युवा रुपान्तरण पहल कार्यक्रम र युवाहरुको रोजगारी सिर्जना गर्ने रहेको उनले बताए ।