close

साँफेबगरका महिला तथा बालबालिकालाई २० लाख वजेट

साँफेबगरका महिला तथा बालबालिकालाई २० लाख वजेट

Trulli
ADVERTISEMENT

अछाम– साँफेबगर नगरपालिकाले महिला तथा बालबालिकाका लागि २० लाख रुपैयाँ बजेट विनियोजन गरेको छ ।  नगरपालिकाले महिला तथा बालबालिकाको क्षमता अभिबृद्धिको लागि सो बजेट विनियोजन गरेको हो । 

 नगरपालिकाको महिला शाखाकी सहायक महिला विकास निरीक्षक अनिता जोशीका अनुसार बालबालिका तथा महिलाको लागि पालिकाले विभिन्न कार्यक्रम सञ्चाल गर्ने योजना बनाएको छ । बालबालिकाहरुको लागि बाल क्लब गठन र बालअधिकार समिति गठन तथा तालिम दिने कार्यक्रम बनाएको उनले पालिकाखबरलाई सुनाइन् ।

 महिलाहरुका लागि महिला हिंसा सम्बन्धि कार्यक्रम, पाठेघर खस्ने समस्याबारे जनचेतनामूलक कार्यक्रम, सीपमुलक तालिमहरु सञ्चालन गरिने उनको भनाइ छ । यस्तै, महिलाहरुलाई आत्मनिर्भरका लागि डल, कुसुन बनाउने, सिलाईकटाइ तालिम दिने  जोशीले जानकारी दिइन् ।