close

श्रमदान जुटाएर बाटो बनाइँदै

श्रमदान जुटाएर बाटो बनाइँदै

Trulli
फाइल फोटो
ADVERTISEMENT

म्याग्दी- रघुगङ्गा गाउँपालिका–२, कुनौटादेखि माछखर्क जोड्ने पदमार्ग निर्माण सुरु भएको छ । बेनी–जोमसोम सडकखण्डअन्तर्गत माछखर्क जाने पुरानो घोरेटोबाटो जीर्ण भएपछि आवतजावत कठिन हुन थालेको भन्दै श्रमदान जुटाएर पक्की पदमार्ग निर्माण थालिएको हो ।

नेकपा माओवादी केन्द्रको वडा कमिटीले सुरु गरेको श्रमदान अभियानमार्फत उक्त पदमार्ग निर्माणमा स्वदेशमा रहेका स्थानीय श्रमदानमा जुटेका छन् भने प्रवासीले आर्थिक सहयोग गर्न थालेका छन् । 

निर्माण सुरु भएको १० दिन भएको भन्दै श्रमदान र आर्थिक सहयोग गर्नेको सङ्ख्या बढ्दै गएको नेकपा माओवादी केन्द्र भगवतीका वडा कमिटी अध्यक्ष बालकृष्ण कटुवालले बताए ।

भिरालो पाखो, पहिरो र वनको झाडी रहेकाले पदमार्गलाई दिगो बनाउन ढलान गरिएको कटुवालले बताए । उनका अनुसार माओवादी केन्द्रका नेता कार्यकर्ताका साथै स्थानीयवासी श्रमदानमा जुटेका छन् । 

ढलानका लागि आवश्यक पर्ने, सिमेन्ट, बालुवा, गिटी र रडको व्यवस्थाका लागि स्वदेशका साथै विदेशमा रहेको भगवतीवासीले खार्थिक सहयोग गरिरहेका कटुवालले जानकारी दिए ।