close

नाम मात्रको बालविवाहमुक्त वडा

नाम मात्रको बालविवाहमुक्त वडा

Trulli
ADVERTISEMENT

मुगु- खत्याड गाउँपालिका–५ बालविवाहमुक्त क्षेत्र हो । १० मंसिर ०७२ मा बालविवाहमुक्त घोषणा गरिएको थियो । तर जनचेतना र शिक्षाको अभावका कारण अझै उमेर नपुगी विवाह गर्ने बालिकाको संख्या धेरै रहेको वडाध्यक्ष चित्रबहादुर बुढा बताउँछन् । 

चालु आर्थिक वर्षमै वडामा ४ बालिकाले विवाह गरेको आफूले सुनेको पालिकाखबरलाई बताए । बिहे गरेपछि एक वर्ष माइतमै बस्ने संस्कार, सामाजिक सञ्जाल र जनचेतनाको अभावजस्ता समस्याका कारण जनप्रतिनिधिले चाहेरमात्र रोक्न नसकिने वडाध्यक्ष बुढाले बताए ।

जनप्रतिनिधिले बालविवाहको सूचना पाएर सम्झाउन खोज्दा उमेर ढाट्ने र उमेर नपुगिञ्जेल वडामा विवाह दर्ता गर्नै नआउनु सबैभन्दा ठूलो चुनौती रहेको वडाध्यक्ष बुढा बताउँछन् ।