close

नगरपालिकाद्वारा कैदी बन्दीलाई खसी उपहार

नगरपालिकाद्वारा कैदी बन्दीलाई खसी उपहार

Trulli
ADVERTISEMENT

लमजुङ- बेसीशहर नगरपालिकाले कारागारका कैदी/बन्दीलाई दशैंका लागि २ वटा खसी सहयोग गरेको छ । नगरपालिकाले ४० हजार रुपैयाँ मूल्यका २ वटा खसी सहयोग गरेको हो।

नगरपालिकाका प्रमुख गुमानसिंह अर्यालले बिहीबार लमजुङ कारगारमा पुगेर जेलर कमलापती अधिकारीको रहोबरमा कैंदी/बन्दीका नाईकेलाई खसी सहयोग गरेका हुन्।  

नगर प्रमुख गुमानसिंह अर्यालले कारागारमा बन्दी जीवन बिताइरहेकाहरू परिवारबाट टाढा रहने भएकोले थोरै भए पनि चाडपर्वमा खुसी मिलोस् भनेर खसी प्रदान गरिएको बताए ।

लमजुङ कारागारमा ७ जना महिलासहित ८८ जना कैंदीबन्दी रहेको छन् ।