close

कोरला नाकामा नेपालको झण्डा

कोरला नाकामा नेपालको झण्डा

Trulli
ADVERTISEMENT

मुस्ताङ- लोमान्थाङ गाउँपालिकाले कोरला नाकामा नेपालको झण्डा राखेको छ । कोरला नाकाको नेपाली भूगोलको दशगजा क्षेत्रमा राष्ट्रिय झण्डा राखिएको गाउँपालिकाले जनाएको छ । 

जिल्ला प्रशासन कार्यालय र सशस्त्र प्रहरीको बोर्डर आउट पोस्टसँगको समन्वयमा नेपाली झण्डा राखिएको लोमान्थाङ गाउँपालिकाका अध्यक्ष टसी नुर्बु गुरुङले पालिकाखबरलाई जानकारी दिए । 

गायँपालिकाका जनप्रतिनिधि, कर्मचारी र प्रहरीको टोलीले दशगजा क्षेत्रमा २० फिट अग्लो फलामे रड र जस्ता रङ्गरोगन गरी झण्डा फहराइएको गाउँपालिकाले जनाएको छ ।