close

कातिक १५ देखि त्रिपुरासुन्दरी धार्मिक पर्यटन महोत्सव

कातिक १५ देखि त्रिपुरासुन्दरी धार्मिक पर्यटन महोत्सव

Trulli
ADVERTISEMENT

डोल्पा- दशैँ तिहारको अवसर पारेर त्रिपुरासुन्दरी नगरपालिकाले धार्मिक पर्यटन महोत्सवको आयोजना गर्ने भएको छ ।

नगरपालिकाभित्र रहेका धार्मिक स्थलहरुको प्रचारप्रसार तथा स्थानीय अर्गानिक उत्पादनको बजारीकरण गर्ने उद्देश्यले महोत्सवको आयोजना गर्न लागिएको नगरपालिकाले जनाएको छ । कात्तिक १५ गते देखि २२ गते सम्म बाला त्रिपुरासुन्दरी धार्मिक पर्यटन महोत्सव २०८० आयोजना हुन लागेको हो । 

नगरपालिकाको धार्मिक तथा पर्टकीय स्थलहरू, स्थानीय कलाभेषभुषा र  स्थानीय संस्कृति झल्काउने नृत्य लगायत स्थानीय तथा राष्ट्रिय कलाकारहरुको प्रस्तुति रहने आयोजकले जनाएको छ । बालात्रिपुरा सुन्दरी सांस्कृतिक महोत्सव २०८० समेतको नाम दिइएको धार्मिक पर्टन महोत्सवका अवसरमा तेस्रो मेयर कप खुल्ला भलिबल र जिल्ला स्तरीय ब्याड्मिन्टन प्रतियोगिताको समेत आयोजना गरिने भएको छ ।

महोत्सव मुलसमारोह समितिका संयोजक तथा ४ नम्बरका वडाध्यक्ष रञ्जित बुढाले नगरपालिकाले यसरी कार्यक्रम गर्न लागेको पहिलो पटक भएकोले यसलाई सफल बनाउन सबैको सकरात्मक सहयोगको आवश्यकता रहेको बताए । कार्यक्रमको उद्घाटन कातिक १५ गते भई २२ गते सम्पन्न हुने आयोजकले जनाएको छ ।