close

कावासोती नगरपालिका-३ ले वितरण गर्‍यो सरसफाइ सामाग्री

कावासोती नगरपालिका-३ ले वितरण गर्‍यो सरसफाइ सामाग्री

Trulli
ADVERTISEMENT

नवलपरासी पूर्व- कावासोती नगरपालिका-३ ले टोल विकास संस्थाका प्रतिनिधिहरूलाई सरसफाइका सामाग्री वितरण गरेको छ ।

वडा भित्र रहेका ९ वटा टोल विकास संस्थालाई सरसफाइका सामाग्री वितरण गरिएको वडा कार्यालयले जनाएको छ । टोल विकास संस्थाहरूले सरसफाइ गर्दा सामाग्री अभावका कारण फोहोर संकलनमा समस्या हुने गरेको गुनासो आएपछि सामग्री वितरण गरिएको वडाध्यक्ष डोरमान गिरीले जानकारी दिए । 

प्रतिनिधिहरूलाई फोहोर संकलन गरी ओसारपसार गर्ने साधन एक थान , कुचो एक थान , हसिया पाँच थान , पञ्जा , साबेल , गैँतिलगायत सामाग्री प्रदान गरिएको अध्यक्ष गिरीले बताए । 

यस्तै वडाका तीन जना स्वयमसेविकालाई साइकल प्रदान गरिएको छ ।