काठमाडौं- मंगलबार बाजुरामा भूकम्प गएको छ ।
बाजुरालाई केन्द्रविन्दु बनाएर ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
आज दिउँसो १२ बजेर ५८ मिनेट जाँदा भूकम्प गएको हो । गत कातिक १७ गते राति जाजरकोटमा ६.४ म्याग्निच्युडको भूकम्प जाँदा ठूलो धनजनको क्षति भएको छ ।