close

महानगरको छाडा चौपाया दक्षिणकाली नगरपालिकामा

महानगरको छाडा चौपाया दक्षिणकाली नगरपालिकामा

Trulli
ADVERTISEMENT

काठमाडौं- काठमाडौं महानगरपालिकाले छाडा पशु चौपायालाई काञ्जी हाउसमा व्यवस्थापन गर्ने भएको छ ।

काठमाडौँ महानगरका सडकमा भेटिने गाई र बाछाहरुलाई संकलन गरेर यही कात्तिक २३ गतेदेखि दक्षिणकाली नगरपालिका ७ को पुगाउँमा रहेको काञ्जी हाउसमा राख्ने व्यवस्था मिलाइएको मेयर बालेन शाहले जानकारी दिएका छन्। 

‘सडकमा छाडिएका चौपायाले खान पाएका छैनन, तिर्खा लागेको बेला पानी पाउँदैनन् । बिरामी पर्दा उपचार पाउँदैनन्,’ मेयर शाहले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सवारी दुर्घटनाको जोखिम पनि उत्तिकै छ । पशु चौपायालाई यी जोखिमबाट बचाउन काञ्जी हाउसमा लैजान लागेका हौँ।’

उनले काञ्जी हाउसमा लगिएका चौपायालाई खुवाउन १० मेट्रिक टन साइलेज खरिद गरिएको बताएका छन् । ‘हेरचाह गर्नका लागि २ जना स्थानीयलाई दैनिक ज्यालादारीमा राखेका छौँ । दक्षिणकाली नगरपालिका-७ सँगको सहकार्यमा पानी, विजुलीलगायतका सुविधा प्रबन्ध गर्दैछौँ,’ उनले भनेका छन्।