close

व्यापारीले म्याद गुज्रेका खाद्यान्न मिसाएर बेचेपछि...

व्यापारीले म्याद गुज्रेका खाद्यान्न मिसाएर बेचेपछि...

Trulli
ADVERTISEMENT

बागलुङ- काठेखोला गाउँपालिकाले तिहार लक्षित अनुगमनको क्रममा म्याद गुज्रेका अखाद्य बस्तु मिसावट गरी विक्री गरेको पाइएपछि व्यापारीलाई सचेत गराएको 

गाउँपालिकाका उपाध्यक्ष तथा अनुगमन समितिका संयोजक तेजबहादुर थापा (तिलक) को नेतृत्वमा गरिएको पसलहरुको अनुगमन गर्ने क्रममा म्याद गुज्रिएका समान र अखाध्य बस्तु मिसाइएको खानेकुराहरु फेला परेको हुँदा पहिलो पटकलाई सचेतमात्र गराइएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका अनुसार पुन: अनुगमनको क्रममा  कारबाही गरिनेछ । 

शनिबार गाउँपालिकाको अनुगमन टोलीले वडा नम्बर २, ३ र ४ मा सञ्चालित पसलहरुको अनुगमन गरेको हो । अनुगमन गर्ने टोलीमा   प्रमुख प्रशासकीय अधिकृत खगराज गौतम, राजश्व शाखाका शाखा प्रमुख प्रकाश पौडेल र प्रहरी प्रहरीलगायतको सहभागिता थियो ।