close

भाइटीकाको दिन आज धेरै ठाउँको मौसम सफा

भाइटीकाको दिन आज धेरै ठाउँको मौसम सफा

Trulli
ADVERTISEMENT

काठमाडौं- भाइटीकाको दिन आज देशका धेरै ठाउँमा मौसम सफा रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकासहित तराई/मधेश र पहाडी धेरैजसो क्षेत्रमा आज मौसम पूर्णरुपमा सफा छ ।

कोशी प्रदेशका पहाडी केही क्षेत्रमा आंशिक बदली रहेको महाशाखाले जनाएको छ । आज भाइटीकालाई प्रभाव पार्ने गरी ठूलो पानी पर्ने तथा हिमपात हुने सम्भावना भने नरहेको महाशाखाले उल्लेख गरेको छ । 

आज उच्च पहाडी तथा हिमाली क्षेत्रका एक–दुई ठाउँमा हल्का हिमपातको सम्भावना छ । अहिले नेपालमा पश्चिमी वायुको आशिंक प्रभाव रहे पनि वर्षा गराउने प्रणाली तत्काल विकास हुने सम्भावना नरहेको पनि मौसमविद्ले बताएका छन् ।