close

जग्गादाता खोज्दै भेरीगंगा नगरपालिका

जग्गादाता खोज्दै भेरीगंगा नगरपालिका

Trulli
ADVERTISEMENT

सुर्खेत– भेरीगंगा नगरपालिकाले नगर अस्पताल निमार्णको लागि जग्गा दान गर्न आग्रह गरेको छ । नगरपालिकाले एक सूचना जारी गर्दै १५ शय्याको नगरअस्पतालको लागि ९ रोपनी जग्गा दान गर्नका लागि स्थानीयलाई आग्रह गरेको हो । 

नगरपालिकाले वडा नम्बर ९ को छिन्चुदेखि जाजरकोट सडकको पिपलचौतरादेखि झिङ्गीखोला जोड्ने सडकभित्र जग्गा आवश्यक भएको भन्दै जग्गादाताको खोजी गर्न थालेको सूचनामा उल्लेख छ । 

नि:शुल्क जग्गा दान गर्न इच्छुककले निवेदन, जग्गाधनी पुर्जाको प्रतिलिपि, नागरिताको प्रतिलिपि १५ दिनभित्रमा नगरपालिकामा पेश गर्नुपर्ने नगरपालिकाले जनाएको छ ।