close

खैरहनीको सार्वजनिक सुनुवाइ म‌ंसिर १५ गते

खैरहनीको सार्वजनिक सुनुवाइ म‌ंसिर १५ गते

Trulli
ADVERTISEMENT

चितवन– खैरहनी नगरपालिकाले सार्वजनिक सुनुवाइ गर्ने भएको छ । 

आर्थिक वर्ष २०८० ८१ मा नगरपालिका, नगरकार्यपालिका र वडा कार्यालयबाट सम्पादन गरेका कार्यको बारेमा सेवाग्राहीको राय बुझ्ने तथा उनीहरुलाई परेको असुविधा सम्बोधन गर्नका लागि सार्वजनिक सुनुवाइ गर्न लागेको हो । 

प्रथम चौमासिक सार्वजनिक सुनुवाई कार्यक्रम मंसिर १५ गते शुक्रबार  गर्ने भएको हुँदा वडा समितिका पदाधिकारी, उपभोक्ता समितिका पदाधिकारी, टोल विकास संस्थाका अध्यक्ष जनप्रतिनिधि, सहकारी संस्थाका अध्यक्ष प्रतिनिधि, सामाजिक अभियन्ता, नागरिक समाजका प्रतिनिधि लगायतलाई उपस्थितिका लागि अनुरोध गरिएको नगरपालिकाले जनाएको छ ।