close

रेसुङ्गा र गुल्मीदरबारमा भोलि सार्वजनिक बिदा

रेसुङ्गा र गुल्मीदरबारमा भोलि सार्वजनिक बिदा

Trulli
ADVERTISEMENT

गुल्मी- हरिबोधिनी एकादशीको अवसरमा रेसुङ्गा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाले बिहीबार सार्वजनिक बिदा दिएका छन् ।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिप्रसाद अर्याल र गुल्मीदरबार गाउँपालिका अध्यक्ष सरोजकुमार थापाले सूचना जारी गर्दै बिदा दिने दिइएको उल्लेख गरेका छन् ।

एकादशीको दिन जिल्लाको धार्मिक, ऐतिहासिक एवम् पर्यटकीयस्थल रेसुङ्गामा ठूलो मेला लाग्ने गर्दछ । रेसुङ्गा पोखरीमा नुहाएमा भुल गरेर गरेको पाप नष्ट हुने मान्यता रहिआएको छ ।