close

धनकुटामा दुई दिन सार्वजनिक बिदा

धनकुटामा दुई दिन सार्वजनिक बिदा

Trulli
ADVERTISEMENT

धनकुटा- धनकुटा नगरपालिकाले सोमबार र मङ्गलवार सार्वजनिक बिदा दिएको छ । आठपहरिया जातिको मुख्य चाड वडाङ्मेटको अवसरमा नगरपालिकाले बिदा दिएको हो ।

धनकुटा नगर क्षेत्रमा मात्र बसोबास गर्ने आठपहरिया जातिको प्रमुख चाड भएकाले वडाङ्मेटको अवसरमा ११ र १२ गते सार्वजनिक बिदा दिइएको धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङले जानकारी दिए । 

नगरपालिकाको कार्यालय, १० वटै वडा कार्यालय, शैक्षिक संस्था लगायत सबै कार्यालय बन्द हुनेछन् । धनकुटा नगरपालिका क्षेत्रलाई आफ्नो उद्गमस्थल मान्दै आएका आठपहरियाहरूले १५ दिनसम्म धूमधामका साथ वडाङ्मेट पर्व मनाउने गरेका छन् ।