close

बालविवाह नगर्ने युवतीलाई २५ हजार !

स्नातक पास गरी बिहे गर्नेलाई ५१ हजार

बालविवाह नगर्ने युवतीलाई २५ हजार !

स्नातक पास गरी बिहे गर्नेलाई ५१ हजार

Trulli
ADVERTISEMENT

महोत्तरी– रामगोपालपुर नगरपालिकाले पालिकाभित्र २० वर्ष पुगेरमात्र विवाह गर्ने ३६ जना छोरीहरूलाई राहत उपलब्ध गराएको छ । नगरपालिकाले गत आर्थिक वर्षदेखि ‘महिलासँग उपमेयर’ कार्यक्रमअन्तर्गत राहत उपलब्ध गराउँदै आएको हो । 

नगरपालिकामा बालिकाहरूले सानो उमेरमा विवाह गर्ने समस्या अन्त्य गर्नको लागि राहत रकम उपलब्ध गराउन थालिएको उपप्रमुख रीना देवी यादवले पालिकाखबरलाई बताइन् । उनका अनुसार २० वर्ष उमेर पूरा गरेर विवाह गर्ने छोरीलाई राहत उपलब्ध गराइन्छ । 

एसईई पास गरी २० वर्ष पूरा गरेर विवाह गरेमा छोरीहरूलाई २५ हजार रुपैयाँ रकम नगरपालिकाले उपलब्ध गराउँछ । कक्षा १२ सम्म अध्ययन गरेका छोरीहरूलाई ३० हजार र स्नातकसम्मको अध्ययन पूरा गरेर विवाह गर्दा नगरपालिकाले ५१ हजार रुपैयाँ राहत उपलब्ध गराउने उपप्रमुखका स्वकीय सचिव बिजकुमार यादवले बताए । 

उनका अनुसार गत आर्थिक वर्षमा २० जना छोरीहरूलाई विवाह राहत रकम उपलब्ध गराइएको थियो भने यस आर्थिक वर्षमा १६ जना छोरीहरूले सो रकम लिइसकेका हुन् । 

यस्तै, गत आवदेखि नै नगरपालिकाले गरिबसँग उपमेयर कार्यक्रममार्फत दाहसंस्कार खर्चसमेत उपलब्ध गराउँदै आएको उनले बताए । उनले भने, ‘वडा कार्यालयको सिफारिसमा दाहसंस्कार गर्न नसक्ने गरिब परिवारलाई ५ हजार रुपैयाँ किरिया खर्च उपलब्ध गराइरहेका छौं ।’