close

बालमैत्री स्थानीय शासन घोषणा गर्ने नेपालगन्जको प्रतिबद्धता

बालमैत्री स्थानीय शासन घोषणा गर्ने नेपालगन्जको प्रतिबद्धता

Trulli
ADVERTISEMENT

बाँके- नेपालगन्ज उपमहानगरपालिकाले २०८३ सालको असार मसान्तसम्म बालमैत्री स्थानीय शासन घोषणा गर्ने प्रतिबद्धता जनाएको छ । 

उपमहानगरपालिकाले नेपालगन्जमा जनप्रतिनिधिहरुका लागि आयोजना गरेको बालमैत्री स्थानीय शासन सम्बन्धी दुई दिने अभिमुखिकरण कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्ट र उपप्रमुख कमरुद्दीन राईले सो प्रतिबद्धता व्यक्त गर्दै प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गरेका छन् । 

सो प्रतिबद्धता पत्रमा नेपालगन्जका सबै जनप्रतिनिधिहरुले हस्ताक्षर गरेर २०८३ साल असार मसान्तसम्म नेपालगन्जलाई बालमैत्री स्थानीय शासन पालिका घोषणा गर्ने सामूहिक प्रतिवद्धता जनाएका हुन् । 

कार्यक्रममा नेपालगन्ज उपमहानगरका प्रमुख, उपप्रमुख, वडा अध्यक्षहरु, कार्यपालिकाका सदस्यहरु, वडा सदस्यहरु, विभिन्न शाखाका प्रमुख लगायत कर्मचारीहरु, बाल क्लब र बालअधिकार समितिका पदाधिकारीहरु, विभिन्न संघसंस्थाका प्रतिनिधि लगायतको सहभागिता रहेको थियो ।