close

लुम्बिनी साँस्कृतिकमा लागूऔषधसम्बन्धी सडक नाटक सुरु

लुम्बिनी साँस्कृतिकमा लागूऔषधसम्बन्धी सडक नाटक सुरु

Trulli
ADVERTISEMENT

रुपन्देही– लुम्बिनी साँस्कृतिक नगरपालिकाले युवाहरूलाई कुलतमा फस्न नदिन विशेष अभियान थालेको छ । पछिल्लो समय युवा युवतीहरु लागूऔषधको सेवनमा फस्न थालेपछि पालिकाले लागुऔषध दुर्व्यसनीसम्बन्धी सडक नाटक आइतबारदेखि सुरु गरेको हो ।

लुम्बिनी साँस्कृतिक नगरपालिका वडा न ९ को खुदावगर माध्यमिक विधालय, वडा न ७ को कर्महवा मावि, वडा न ६ को पर्साचोकमा सडक नाटक गरिएको आयोजकले जनाएको छ । अवध थिएटर रुपन्देहीको प्रस्तुतिमा भएको सडक नाटक कार्यक्रममा जनप्रतिनिधि, विद्यार्थीहरु र स्थानीयबासीको सहभागिता रहेको थियो ।

सो कार्यक्रमलाई सम्बोधन गर्दै लुम्बिनी साँस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्धीन मुसलनमानले स्कुले विद्यार्थी, युवायुवतीहरु बढी कुलतमा लागेको सूचना आएकाले यसको रोकथाम र नियन्त्रणका लागि प्रयास थालिएको बताए । लागुऔषधले मानवीय क्षतिसँगै समाजमा विकृति फैलाएको बताउँदै नगरप्रमुख मुसलमानले यसको नियन्त्रणका लागि सम्बन्धित सबै निकाय उत्तिकै जिम्मेबार बन्नुपर्ने उल्लेख गरे । आगामी दिनमा समेत यि यस्ता सचतेनामुलक कार्यक्रमलाई निरन्तरता दिइने उनले बताए ।

कार्यक्रममा बालबालिका भोलिका कर्णधार भएकाले हेरचाह र नैतिक शिक्षा दिनु आजको आवश्यकता रहेको नगरपालिकाकी उपप्रमुख कल्पना हरिजनले बताइन् । अभिभावकले आफ्ना सन्तानहरुलाई बढी हेरचाह गर्नुपर्ने बताउँदै नगरपालिकाबाट कुलतमा लाग्न लागेका, फसेका व्यक्तिलक्षित सचेतनामुलक कार्यक्रम गरेको औँल्याइन् ।

लागुऔषध दुर्व्यसन सम्बन्धी सडक नाटक आगामी मंसिर ३० गते सम्म लुम्बिनीका विभिन्न ठाउँमा सञ्चालन हुने बताइएको छ ।