close

गोदावरी नगरपालिकामा उमेरै नपुगी भागी विवाह गर्नेको संख्या धेरै

गोदावरी नगरपालिकामा उमेरै नपुगी भागी विवाह गर्नेको संख्या धेरै

Trulli
ADVERTISEMENT

कैलाली- गोदावरी नगरपालिकाभित्र भागेर विवाह गर्नेको संख्या बढेको प्रहरीमा परेको उजुरीले देखाउँछ । 

इलाका प्रहरी कार्यालय मालाखेतीका अनुसार गत आर्थिक वर्ष २०७९/८० मा मात्र इलाका प्रहरी कार्यालय मालाखेतीमा किशोर/किशोरी हराएको भन्दै खोजीकार्यका लागि आफन्तबाट ३२ निवेदन दर्ता परेका थिए । 

चालु आर्थिक वर्षको चार महिनामा यस्ता १५ निवेदन इलाका प्रहरी कार्यालय मालाखेतीमा दर्ता भएका छन् । प्रहरीले खोजीकार्य गर्दा फेला परेकामध्ये अधिकांशले भागेर विवाह गरेका छन् । विवाह गरेको खुलेमा त्यस्तो निवेदनलाई बदर गरी बालबालिकालाई आफन्तको जिम्मा लगाउने काम हुँदै आएको प्रहरीले बताएको छ।

मुलुकी अपराध संहिता ऐन २०७४ को दफा १७३ मा विवाह गर्ने न्यूनतम उमेर २० वर्ष तोकिएको छ। उक्त कानुनी व्यवस्थाको उल्लंघन गरेमा बढीमा तीन बर्षसम्म कैद र ३० हजार रुपैयासम्म जरीवाना गर्न सक्ने व्यवस्था छ।