close

प्राधिकरणले विद्युत् महसुल नतिरेको भन्दै गुजारा र चन्द्रपुर नगरपालिकाको लाइन काट्यो

प्राधिकरणले विद्युत् महसुल नतिरेको भन्दै गुजारा र चन्द्रपुर नगरपालिकाको लाइन काट्यो

Trulli
ADVERTISEMENT

रौतहट- बिजुलीको पैसा नतिरेको भन्दै नेपाल विद्युत प्राधिकरणले चन्द्रपुर र गुजारा नगरपालिका क्षेत्रका सडकबत्तीको लाइन कटिदिएको छ । प्राधिकरणको चन्द्रपुर वितरण केन्द्र बत्ती काटिएदिएपछि समस्या भएको स्थानीयले बताएका छन् । प्राधिकरणका अनुसार आज 

चन्द्रपुर नगरपालिकाको वडा ४, ५ र ६ मा ३७ वटा, वृन्दावनको विभिन्न वडामा १७ वटा र गुजरा नगरपालिकामा ७ वटा गरी ६१ वटा सडक बत्तीको लाइन काटिएको प्राधिकरणले जनाएको छ । 

नेपाल विद्युत प्राधिकरण चन्द्रपुर वितरण केन्द्रका प्रमुख धिरेन्द्र यादवका अनुसार दसैँअघि नै जडान भएका ती बत्तीको मिटर राख्न वितरण केन्द्रले पटक–पटक आग्रह गर्दा पनि वडाध्यक्षले वास्ता नगरेको कारण बाध्य भई लाइन काट्नुपरेको हो ।

प्राधिकरणका अनुसार चन्द्रपुर नगरपालिकाले जडान गरेको सडक बत्तीको बक्यौता २ करोड ६५ लाख रुपैयाँ बाँकी छ । गुजारा नगरपालिकाको सडक बत्तीको बक्यौता २ करोड ६८ लाख ७८ हजार १४० रुपैयँ बाँकी रहेको प्राधिकरणले जनाएको छ ।