close

सिम्रौनगढ नगरपालिकामा झडप हुँदा गोली चल्यो

सिम्रौनगढ नगरपालिकामा झडप हुँदा गोली चल्यो

Trulli
ADVERTISEMENT

बारा- सिम्रौनगढ नगरपालिका कार्यालयमा झडप हुँदा प्रहरीको गोली चलाएको छ । प्रहरीको गोली लागेर एक जना घाइते भएका छन् ।

सिम्रौनगढ नगरपालिकाका मेयर किशोरी साह कलवारले प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन लिएर जाने क्रममा एक समूहले हाजिर गर्न अवरोध गरेपछि विवाद भएको थियो ।

विवादका क्रममा झडप भएपछि नियन्त्रणका लागि प्रहरीले गोली चलाएको हो । प्रहरीमाथि प्रदर्शनकारीले ढुंगामुढा गर्दा १० जना प्रहरी घाइते भएका छन् । स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गर्दा एकजना प्रदर्शनकारीलाई गोली लागेको प्रहरीले जनाएको छ ।