close

बालविवाहको तथ्याङ्क सङ्कलन गरिँदै

बालविवाहको तथ्याङ्क सङ्कलन गरिँदै

Trulli
ADVERTISEMENT

कालिकोट- कालिकोटका तीन पालिकामा बालविवाहको तथ्याङ्क सङ्कलन गरिने भएको छ । बालविवाहको व्यापकता सर्वेक्षणका लागि तथ्याङ्क सङ्कलन गर्न लागिएको हो । 

बालविवाह, छिटोविवाहजस्ता घटना हुनेक्रम कस्तो अवस्थामा रहेको छ भन्नेबारे जिल्लाको नरहरिनाथ गाउँपालिका, सान्नीत्रिवेणी गाउँपालिका र रास्कोट नगरपालिकामा तथ्याङ्क सङ्कलन गर्न थालिएको छ ।  

तीन पालिकामा तथ्याङ्क सङ्कलनका लागि २७ जना गणक खटाइएको प्लान इन्टरनेशनल नेपाल कर्णाली प्रदेशका कार्यक्रम प्रबन्धक अम्बिका तिमिल्सेनाले जानकारी दिए । 

तीनवटै पालिकामा सन् २०२३ मा बालविवाहको व्यापकता सर्वेक्षणका लागि स्थानीय तहले गणकलाई परिचालनका लागि स्थानीय सरकारले नै बजेट व्यवस्थापन गरेको नरहरीनाथ गाउँपालिकाका उपाध्यक्ष कमल शाहले बताए ।