close

टेम्केमैयुङमा ९ वटा वडामध्ये ५ वटामा फुसको छानो हटाइयो

टेम्केमैयुङमा ९ वटा वडामध्ये ५ वटामा फुसको छानो हटाइयो

Trulli
फाइल फोटो
ADVERTISEMENT

भोजपुर– टेम्केमैयुङ गाउँपालिकाले सुरक्षित नागरिक आवास कार्यक्रमअन्तर्गत हालसम्म ९ वटा वडामध्ये ५ वटामा फुसको छानो हटाएको छ । 

२०७४ सालदेखि गाउँपालिकामा फुसको छानो हटाउने अभियान लागू भएको थियो । गाउँपालिकाको ५, ६, ७, र ८ वडामा मात्र बाँकी रहेको गाउँपालिका उपाध्यक्ष रमादेवी राईले पालिकाखबरलाई बताइन् । बाँकी रहेका वडाहरूमा काम चाँडै हुने योजनामा रहेको उनले बताइन् । 

उपाध्यक्ष राईका अनुसार गाउँपालिकामा फुसको छाना हटाउन ६०० घरपरिवार बाँकी छन् । सुरक्षित नागरिक आवास कार्यक्रम एक घर बराबर ५० हजारको दरले पैसा पठाउने गरेको उनको भनाइ छ । 

हालसम्म वडा नम्बर ५ मा ४० घरपरिवारले पैसा लगेका छन् । वडा नम्बर ६ मा ६५ घरमध्ये ६२ घरले पैसा लगे भने ३ घरले पहिलो किस्ता लगेर दोस्रो किस्ता लिन बाँकी रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाका इन्जिनियर रामकुमार तामाङका अनुसार सुरक्षित नागरिक आवास कार्यक्रम अन्तर्गत हालसम्म साभाम्बितको संख्या २२२ परिवार छन् ।