close

भूकम्प पीडितलाई नेपाल मानव धर्म सेवाकाे सहयाेग

भूकम्प पीडितलाई नेपाल मानव धर्म सेवाकाे सहयाेग

Trulli
ADVERTISEMENT

काठमाडाै‌ै - नेपाल मानव धर्म सेवा समितिले जाजरकोट र रुकुमका भुकम्प पीडितहरुका लागि राहत सामग्री वितरण गरेको छ । जाजरकोट जिल्लाको भेरी नगरपलिका वडा नं १ र ३ का झण्डै १८ सय घरधुरीलाई र रुकुम जिल्लाको आठबीसकोट नगरपालिका वडा नं १ र २ मा ८ सय घरधुरीलाई ६० लाख रुपैयाँ बराबरको राहत सामग्री वितरण गरेको हो । 

तिहारमा देउसी भैलो खेलेर र समितिमा आवद्ध व्यक्तिहरुबाट संकलित रकमले राहत सामग्री वितरण गरिएको नेपाल मानव धर्म सेवा समितिको राष्ट्रिय कार्यसमितिका उपाध्यक्ष टेकबहादुर थापाले जानकारी दिए । भुकम्प पीडितहरुका लागि जाडोबाट जोगिन ब्ल्याङकेट तथा चामल, तेल, दाल, चिउरा लगायतकाखद्य सामग्री वितरण गरिएको उनकाे भनाइ छ ।

भूकम्प प्रभावित दुई जिल्लामध्ये जाजरकोट भेरी नगरपालिका वडा नं १ र ३ मा बढी मानिसको मृत्यु हुनुको साथै करौडौंको जनधनको क्षति भएको छ। त्यसैले जाजरकोटलाई राहत वितरणको प्राथमिकतामा राखिएको समितिले जानकारी दिएको छ । 

समितिका अनुसार नेपाल मानव धर्म सेवा समितिका प्रणेता सत्पालजी महाराजका जेष्ठ सुपुत्र तथा अन्तर्राष्ट्रिय अध्यात्मित युवा व्यक्ति विभूजी महाराजको उपस्थितिमा राहत सामग्री वितरण गरिएको थियो । राहत वितरणका क्रममा भेरी नगरपालिकाका मेयर चन्द्रप्रकाश घर्तीले स्वागत गर्दै धन्यवाद दिएका छन् ।